सर्लाही-सर्लाहीमा मानव कङ्काल फेला परेको छ। जिल्लाको बागमती नगरपालिका-१२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ।
घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ।







प्रतिक्रिया