अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना

उपसभामुख रुवी ठाकुर अस्पताल भर्ना


काठमाडौँ-प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन्। उपसभामुख ठाकुरको प्रेसर घटेको र सुगर बढेकाले ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको श्रम संस्कृतिका सांसद आरेन राईले जानकारी दिए। 

अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। ‘हिजो राति ज्वरो आएको थियो । बिहान अस्पताल आइपुग्दा उहाँको सुगर लेबल एकदमै कम थियो,’ अस्पताल स्रोतले भन्यो, ‘ बेहोसी अवस्थामा हुनुहुन्थो। अहिले होस आएको छ।’

प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको अस्पतालले जनाएको छ। अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको छ।