झापा-झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि वैशाख १७ गते बिहीबार बिहान भएको स्कुल बस दुर्घटनामा १३ जना विद्यार्थी घाइते भएका छन्।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले बिहान करिब ९:२५ बजे प्र १–०१–०१३ प ३४०३ मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए। उनका अनुसार मोटरसाइकललाई ठक्करपछि बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १३ जना विद्यार्थी घाइते बनेका छन्।
बसमा २० जना विद्यार्थी सवार प्रवक्ता जानकारी दिए। मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। यसैगरी घाइते विद्यार्थीहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको छ। मनमोहन अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुने विद्यार्थीहरूमा अभिषेक राजवंशी, अर्जुन राजवंशी, धर्मेन्द्र राजवंशी, खुश्बु श्रेष्ठ, करण राजवंशी, प्रतिक्षा राजवंशी, बर्टिका राजवंशी, सुमन राजवंशी, श्रृजना राजवंशी लगायत रहेकाछन्। सबै विद्यार्थीको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रवक्ता खड्काले जानकारी दिए ।







प्रतिक्रिया