अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै


काठमाडौं– सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमविरुद्ध सुकुम्बासीहरू सडकमा प्रदर्शन चर्काएका छन्। संघीय सरकार र स्थानीय सरकारहरूले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका मानिसहरूलाई आफ्नो घरटहरा खाली गर्न सूचना जारी गरेपछि उनीहरूले आ–आफ्नो ठाउँबाट विरोध गर्न थालेका हुन्।

वैशाख २२ गते मंगलबार बाँकेको कोहलपुर, बर्दियाको गुलरिया र झापामा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले ठूलो प्रदर्शन गरेका छन्। सरकारले सूचना जारी गर्दै उनीहरूको आवास क्षेत्रमा डोजर लगाउने तयारी गरेपछि ‘डोजर आतंक बन्द गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

वैशाख २१ गते सोमबार पनि सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले पोखरा, हेटौँडा, घोराही, बर्दिया लगायतका ठाउँमा प्रदर्शन गरेका थिए। संघीय सरकारको पहलमा काठमाडौं उपत्यकाका विभिन्न दर्जनौँ सार्वजनिक ठाउँमा बस्दै आएका हजारौँ सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको घर टहरा भत्काइसकिएको छ।

जसले गर्दा ठूलो संख्याका परिवार घरबारविहीन बन्न पुगेका छन्। साथै, सरकारले स्थानीय तहलाई पनि सोही अनुसारको सूचना जारी गरेपछि केही स्थानीय तहले सोही अनुसारको सूचना जारी गरेका छन् ।

जसका कारण देशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शन विस्तार हुँदै गएको देखिएको छ। तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने कुनै पनि नागरिकलाई आवासविहीन हुन नदिने बताएका छन् ।