काठमाडौं–भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको घरमा डोजर चलाएर जबर्जस्ती उठीबास लगाइएको भन्दै आज शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन प्रदर्शनमा उत्रिएका छन्।
सरकारले बिना विकल्प र उचित व्यवस्थापन देशभरका सुकुम्बासी बस्तीमा डोजर चलाएर बिचल्ली बनाएको आरोप लगाउँदै काठमाडौंका विभिन्न क्षेत्रबाट विस्तापित भएका अव्यवस्थित र सुकुमवासी बस्तीका नागरिकहरू हातमा थाल र चम्चा लिएर सरकारविरुद्ध विरोध जनाएका हुन्।
उनीहरूले ‘विकासको नाममा विस्थापन बन्द गर’, ‘सुकुम्वासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौँ?’ लगायतका नारा अंकित प्लेकार्ड बोकेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा वैशाख १२ देखि डोजर चलाइएको छ। अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, गंगबु र कपनका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएका छन्।



















प्रतिक्रिया