सल्यान-सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
वैशाख २५ गते शुक्रबार दिउँसो सल्यानको दार्मा गाउँपालिका-२ भुसखोलास्थित भित्री सडक खण्डमा फारुल्लाचौरदेखि भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परी ट्याक्टर चालक दार्मा गाउँपालिका-२ का १७ वर्षीय प्रदीप विकको मृत्यु भएको छ।
दुर्घटनमा घाइते भएका चालक प्रदीपलाई तत्काल उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी लगिएको थियो। स्वास्थ्य चौकीले दिउँसो १ बजेको समयमा मृत घोषणा प्रहरीले जनाएको छ।
यस्तै, दुर्घटनामा परी दार्मा गाउँपालिका-२ भुसखोलाका १७ वर्षीय टेकबहादुर विक र २२ वर्षीय विशाल विक घाइते भएका छन्।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दार्मा, सल्यानबाट प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । साथै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा पाँच जना प्रहरी खटिएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया