काठमाडौं-संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अनुपस्थितिलाई लिएर विवाद भइरहेका बेला सडकमा पनि युवाहरूले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
बुधबार माइतीघर मण्डलामा मुखमा कालो टेप लगाएर प्रदर्शनमा उत्रिएका युवाहरूले ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ विरोध गरेका हुन्।
उनीहरूले वर्तमान सरकारको कार्यशैली गैरजिम्मेवार र जनताप्रति उत्तरदायी नभएको आरोप लगाए।
प्रदर्शनका क्रममा युवाहरूले “प्रधानमन्त्रीज्यू, तपाईंको मूल्य कति हो ?”, “मलाई बोल्न दे सरकार !” तथा “बोल माया, एक बचन बोल, तिम्रै बोली छ, हामीलाई अनमोल” जस्ता व्यंग्यात्मक नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रधानमन्त्री शाह पछिल्ला दिनमा संसद्मा नबोलेको, सांसदहरूको प्रश्नको प्रत्यक्ष जवाफ नदिएको तथा नीति तथा कार्यक्रममाथिको बहसमा मौन बसेको विषयलाई लिएर सडक र सामाजिक सञ्जाल दुवैतर्फ आलोचना भइरहेको छ।
युवाहरूको प्रदर्शनपछि प्रधानमन्त्रीको कार्यशैली र सरकारको उत्तरदायित्वबारे सार्वजनिक बहस थप चर्किएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध भन्दै प्रदर्शन भएको हो। बुधबार माइतीघर मण्डलामा पम्प्लेटसहित ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध’ भन्दै प्रदर्शन भएको हो।



















प्रतिक्रिया