अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक आज : नेताहरुको कार्यविभाजन मुख्य एजेण्डा

एमालेको सचिवालय बैठक आज : नेताहरुको कार्यविभाजन मुख्य एजेण्डा



काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।
अस्ती जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको हो । ११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकोले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने नेताहरुले बताएका छन् । एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यहरुलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ । हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानी तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिनेछ । यसैगरी केन्द्रीय विभाग तथा निकायहरुमा जिम्मेवारी बाँडफाँडको तयारी छ ।
आजको बैठकले गत फागुनमा भएको निर्वाचनको समिक्षाका लागि केन्द्रीय कमिटीको बैठकको मिति समेत तोक्ने ति पदाधिकारीले जानकारी दिए ।
आजको बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुम्बासी,उनीहरुको व्यवस्थापन र सरकारका पछिल्ला काम कारबाही र यसले जनताका पारेको नकारात्मक असरका बारेमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।