काठमाडौं-नेकपा एमाले सचिवालय बैठक अहिले चलिरहेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय सचिवालयको बैठक जारी रहेको छ।
बैठक अध्यक्ष ओलीको निवास गुण्डुमा बैठक बसिरहेको हो।
बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय हुने बताइएको छ। गत मंसिरको अन्तिम साता ११ औं महाधिवेशन भएर नयाँ नेतृत्व चयन भए पनि नेताहरूको कार्यविभाजन भएको छैन। केन्द्रीय सदस्यहरूलाई अस्थायी हिसाबले चुनावकेन्द्रित जिम्मेवारी तोकिएको थियो।
हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई बलियो बनाउन निर्देशन गरिने तयारी छ।
स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँट बाँकी नै छ। त्यस्तै विभागीय प्रमुख, उपप्रमुख त्यसको इन्चार्ज तोक्न पनि बाँकी छ।
२१ फागुनमा भएको चुनावपछि एमालेभित्र चुनावी समीक्षा हुन सकेको छैन । आजको बैठकमा कार्यविभाजन तोक्नेदेखि चुनावी समीक्षासम्मका विषयमा छलफल भइरहेको हो ।






प्रतिक्रिया