काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रेस चौतारी नेपालको इन्चार्जमा केन्द्रीय सदस्य जीवन गौतमलाई प्रस्ताव गरेको छ।
सोमबार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले गौतमलाई प्रेस चौतारी नेपालको इन्चार्ज बनाउने प्रस्ताव गरेको हो।
दाङबाट एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्दै आएका गौतम पार्टीभित्र सक्रिय युवा नेताका रूपमा परिचित छन्। गौतम लामो समयदेखि पार्टी संगठन र सञ्चार क्षेत्रसँग जोडिँदै आएका नेता हुन्।
प्रेस चौतारी नेपाल एमाले निकट पत्रकारहरूको संगठन हो। उनलाई प्रेस चौतारीको इन्चार्ज प्रस्ताव गरिएसँगै संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया