धनगढी-कैलालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिंगो नगर कार्य समितिले राजीनामा दिएका छन्। गोदावरी नगर समितिका पदापधिकारी तथा सदस्यहरुले २०८३ जेठ ५ गते मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन्।
समितिको कार्य समितिको बैठक राखेर नै सामूहिक राजीनामा दिने निर्णय गरेको हो। नगर सभापति दिपक ओझाले समितिले कुनै दबाब र प्रभावका कारण नभएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न सामूहिक राजीनामा दिएको जानकारी दिए।
कार्य समितिले माइन्युटमै गोदावरी नगर तथा पार्टीको सिद्धान्तअनुसार कार्य सम्पादन गर्न नसकिएको र नयाँ समितिलाई मार्ग खुला गर्ने चाहना अनुसार नै राजीनामा दिएको निर्णय गरिएको छ।




प्रतिक्रिया