अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट भाषण नयाँ संसद हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा [तस्बिरहरू]

बजेट भाषण नयाँ संसद हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा [तस्बिरहरू]


काठमाडौं-सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधिसभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। यही जेठ १५ गतेको बजेट भाषण नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।

हाल हलभित्र साउन्ड सिस्टम, क्यामरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटक-पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।

निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद् बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।

default