अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर


काठमाडौँ-मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ। सरकारी वकिल कार्यालयले २०८३ जेठ ११ गते सोमबार प्रसाईंविरुद्ध अभियोग दायर गरेको हो। 

प्रहरीले प्रसाईंलाई २०८३ जेठ ४ मा पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको छ। 

प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।