काठमाडौँ-सरकारले सहकारीको बचत दुरुपयोगसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि गठित ‘सहकारीमा भएको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।




प्रतिक्रिया