अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित

मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित


काठमाडौं-नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित भएका छन्। संघको काठमाडौंमा सोमबार सम्पन्न १३औं राष्ट्रिय महाधिवेशनबाट रैका मगरले १९६ मत सहित अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका अन्य प्रत्यासीहरू धनबहादुर पुनले १३३, गंगाबहादुर थापाले ८९, दलबहादुर विरकट्टाले २० र गंगा खासुले १४ मत प्राप्त गरे। खासुले अन्तिममा उम्मेदवारी फिर्ता लिएकी थिइन्।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा टेकबहादुर नाम्जाली मगरलाई निर्विरोध चयन गरेको छ। समितिको उपाध्यक्षतर्फ महिलामा सीता राना मगर, खुलामा कविराज मगर र तेजबहादुर आले मगर, सांस्कृतिकतर्फ दीपसागर मगर, मगर ढूटतर्फ हर्क आले मगर, मगर खामतर्फ जीवनप्रवेश रोकाय मगर र मगर काइकेतर्फ भीम मगर निर्वाचित भएका छन्।

महासचिवमा होमराज खपाङ्गी मगर, उपमहासचिव महिलातर्फ मञ्जु थापा मगर, उपमहासचिव खुलामा सिद्धान्त जर्घा मगर, खगेन्द्र पुन मगर र हिरूसरा राना मगर निर्वाचित भएका छन्। सचिवमा बिष्णुबहादुर राना मगर, झबीन्द्र थापा मगर र तारामाया थापा मगर निर्वाचित भएका जनाइएको छ।

संघको कोषाध्यक्षमा पूर्ण राना मगर र सह–कोषाध्यक्षमा गायत्री मगर निर्वाचित भएका निर्वाचन मण्डलका सदस्य अधिवक्ता मनोज घर्ती मगरले जानकारी दिए। महाधिवेशनबाट लेखा संयोजकमा योवनकुमार राना मगर र निर्वाचन समिति संयोजकमा धर्मबहादुर घर्ती मगर निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरुमा जुनु पुन मगर, गिरमान गाहा मगर, रमेश पुन मगर, इन्द्र सारू मगर, रमेश थापा मगर, महेश राना मगर, तारा राईका मगर र लक्ष्मी मगर निर्वाचित भएका छन्।

यस्तो छ,नेपाल मगर संघको नव निर्वाचित केन्द्रीय कार्य समिति

अध्यक्ष:– रक्षा बहादुर रैका मगर

वरिष्ठ उपाध्यक्ष:– टेक नामजाली मगर

उपाध्यक्ष:– (महिला) सीता राना मगर

उपाध्यक्ष:– (खुल्ला) कविराज मगर

उपाध्यक्ष:– (खुल्ला) तेज बहादुर आले

उपाध्यक्ष:– (सांस्कृतिक) दीपसागर मगर

उपाध्यक्ष:– (मगर ढूट) हर्क आले मगर

उपाध्यक्ष:– (मगर खाम) जीबन प्रवेश मगर

उपाध्यक्ष:– (मगर काइके) भीम

महासचिव:– होम राज खपाङ्गी मगर

उपमहासचिव:– (महिला)मंजु थापा मगर

उपमहासचिव:–सिद्धान्त जर्गा मगर

उपमहासचिव:–खगेन्द्र पुन मगर

उपमहासचिव:–हिरू सरा राना

सचिव:– विष्णु बहादुर राना

सचिव:–झबिन्द्र थापा

सचिव:– तारा माया थापा

कोषाध्यक्षः– पूर्ण राना मगर

सह–कोषाध्यक्षः– गायत्री मगर

लेखा संयोजक:– योवन कुमार राना मगर

निर्वाचन समिति संयोजक:– धर्म बहादुर घर्ती

खुल्ला सदस्य:–जुनु पुन

खुल्ला सदस्य:–गिरमान गाहा मगर

खुल्ला सदस्य:–रमेश पुन मगर

खुल्ला सदस्य:– इन्द्र सारू मगर

खुल्ला सदस्य:–रमेश थापा मगर

खुल्ला सदस्य:–महेश राना मगर

खुल्ला सदस्य:–तारा रैका मगर

खुल्ला सदस्य:–लक्ष्मी मगर