अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ

खिचापोखरीबाट ६ करोड मूल्यको भेपसहित एक जना पक्राउ


काठमाडौं-प्रहरीले काठमाडौँको न्युरोडस्थित खिचापोखरीबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) सहित एक जना पक्राउ परेका छन् ।बरामद गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ करिब ६ करोड बराबरको भेपसहित ललितपुरको महालक्ष्मी नगरपालिका-८ का ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२२ खिचापोखरीको आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल र सोही कम्प्लेक्सको अर्को बिल्डिङमा रहेको भेपमान्डु ट्रेडर्स प्रालिको गोदाममा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५०० वटा बिलबिजक नभएका अवैध सामग्री (भेप) बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

भेपसहित पक्राउ परेका खड्का पसलका सञ्चालक हुन् ।