अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगे इयूसँग आबद्ध देशका राजदूत तथा मिसन प्रमुख

छलफलका लागि प्रधानमन्त्री कार्यालय पुगे इयूसँग आबद्ध देशका राजदूत तथा मिसन प्रमुख


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको छलफल कार्यक्रममा सहभागी हुन नेपालस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू प्रधानमन्त्री कार्यालय पुगेका छन्। उनीहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने क्रम जारी छ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार छलफल नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ।