काठमाडौं-पूर्व राष्ट्रपति डा. रामवरण यादवले जेन-जी विद्रोहका बेला भदौ २४ मा देशभर लागेको आगो र क्षतिको अवस्थाबारे सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियनको विधानसभा कार्यक्रममा यादवले भदौ २४ को क्षतिबारे सरकारले प्रभावकारी छानबिन गर्नुपर्ने बताएका हुन्।
‘सम्माननीय राष्ट्रपतिज्यूले चुनाव गराउन, भदौ २३ र २४ को घटनाको छानबिन गर्न सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनुभयो। उहाँले चुनाव गराउनुभयो। २३ गतेको घटनाको विषयमा छानबिन भएको कुरा पनि आयो,’ पूर्व राष्ट्रपति लेभने, ‘२४ को घटनामा के भयो ? हामी कुरिरहेका छौँ ।’
पूर्व राष्ट्रपतिले थपे, ‘२४ को घटनामा देशभरि आगो लाग्यो। सिंहदरबार, राष्ट्रपति भवनदेखि देशभर आगो लाग्यो। यो घटनाको नेपालीसामु दूधको दूध पानीको पानी बनाइदिए सरकारलाई धन्यवाद दिनुपर्छ।’




प्रतिक्रिया