काठमाडौँ-सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ।
विभिन्न अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको सर्वोच्चले बताएको हाे ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिपछि गोला प्रणाली फेरेर प्रधानन्यायाधीशले नै इजलास तोक्ने तयारी भएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा हल्ला चलेकाे भन्दै सर्वोच्चले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।




प्रतिक्रिया