काठमाडौँ-राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक दर्जन बढी सांसदसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गरी आवश्यक कारवाही गर्न सिफारिस गरेको छ।
आयोगले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनको तथ्य र विश्लेषण खण्डअन्तर्गत प्रकरण नम्बर ३० मा विभिन्न सांसद, अभियन्ता, सामाजिक अभियन्ता, युट्युबर तथा संस्थाका प्रतिनिधिहरूको नाम उल्लेख गर्दै उनीहरूको भूमिकामाथि सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको हो।
अनुसन्धान गरी कारवाही सिफारिस गरिएका व्यक्तिहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, केपी खनाल, दिपक बोहरा, मनिश झा, ज्वाला संग्रौलालगायत रहेका छन्।
त्यसैगरी आयोगले रक्षा बम, शोम शर्मा, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, सुधन गुरुङ, अमनप्रताप अधिकारी, सिसन बानियाँ, आशिका तामाङ, असिममान बस्नेत, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, शिव यादव, रवि किरण हमाल, निश्चल बस्नेत, सुशिला कार्की, ओमप्रकाश अर्याल, दुर्गा प्रसाई, हिमानी राज्य लक्ष्मी सिंहलगायतका व्यक्तिको नाम पनि प्रतिवेदनमा उल्लेख गरेको छ।
आयोगका अनुसार ती व्यक्तिहरूले प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा प्रदर्शनपछि सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमार्फत आन्दोलनका विषयमा धारणा व्यक्त गरेका थिए। उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनाएको थियो वा थिएन भन्ने विषयमा समेत अनुसन्धान हुनुपर्ने आयोगको भनाइ छ।
प्रतिवेदनमा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको सूचनासमेतका आधारमा सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पुगे–नपुगेको तथा दुरुत्साहन भएको–नभएको विषयमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ।
आयोगले अनुसन्धानका क्रममा सम्बन्धित व्यक्तिको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्दै निष्पक्ष ढंगले अनुसन्धान अघि बढाउन पनि सरकारलाई निर्देशनात्मक सुझाव दिएको छ।
यी हुन् प्रतिवेदनमा उल्लेख भएका सांसदहरु
पुरुषोत्तम यादव
गणेश कार्की,
सुलभ खरेल,
बब्लु गुप्ता,
कृष्ण कार्की,
डा. तोषिमा कार्की,
राजीव खत्री,
केपी खनाल,
दीपक बोहरा,
मनिष झा,
ज्वाला संगौला,
सुधन गुरुङ,
आशिका तामाङ,
शोम शर्मा
हरि ढकाल




प्रतिक्रिया