अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानवअधिकार आयोग प्रतिवेदन

जेन्जी आन्दोलन हिंसात्मक बन्नुमा सुधन गुरुङको मुख्य भूमिका रहेको आयोगको निष्कर्ष

जेन्जी आन्दोलन हिंसात्मक बन्नुमा सुधन गुरुङको मुख्य भूमिका रहेको आयोगको निष्कर्ष


काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्नुमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ को भूमिका मुख्य देखिएको निष्कर्ष निकालेको छ।

आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदर्शन सुरु भएको केही समयमै सांसद गुरुङ ले भिडको नेतृत्व लिएपछि आन्दोलन हिंसात्मक मोडमा गएको उल्लेख गरिएको छ।

जेनजी आन्दोलनमा गुरुङ हामी नेपाल संस्थाका अध्यक्ष थिए। उनले शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा रोक्न नसकेको आयोगको ठहर छ।

प्रतिवेदनअनुसार एभरेस्ट होटल अगाडि ठूलो संख्यामा भेला भएको भीडले सुरक्षा ब्यारिकेड तोड्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको थियो। त्यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको तथा ढुङ्गामुढा, तोडफोड र सुरक्षाकर्मीमाथि आक्रमणका घटना भएको आयोगले जनाएको छ।

आयोगले आन्दोलनलाई केही समूहले ‘हाइज्याक’ गरेको निष्कर्ष निकाल्दै हिंसात्मक गतिविधिमा नेतृत्व तहको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिवेदनमा सुदन गुरुङ ले भिडलाई उक्साएको वा हिंसात्मक गतिविधिलाई दुरुत्साहन गरेको हो वा होइन भन्ने विषयमा सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ।

‘आफूले आयोजना गरेको कार्यक्रममा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य गर्न पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङ समेतलाई थप अनुसन्धान गर्न,’ आयोगले अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ।

दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा समावेश गरिएको आयोगले जनाएको छ।

आयोगले घटनाक्रमको विश्लेषण गर्दा सुरक्षाकर्मी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिवेदनलाई समेत आधार बनाइएको उल्लेख गरेको छ।