अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डीडीसीमा सीआईबीकाे छापा, कागजात नियन्त्रणमा

डीडीसीमा सीआईबीकाे छापा, कागजात नियन्त्रणमा


काठमाडौं- सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ।

सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएर सीआईबीको टोली फर्किसकेको जानकारी दिए।

‘आवश्यक अनुसन्धानका लागि केही आवश्यक कागजात लिएका हौं,’ श्रेष्ठले भने, ‘कागजात लिएर टोली कार्यालय फर्किसकेको छ, अनुसन्धान हुँदैछ।’

डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ। पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ। त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ।