अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बकर ईदले राष्ट्रिय एकता र सद्भाव थप मजबुत बनाओस्: अध्यक्ष ओली

बकर ईदले राष्ट्रिय एकता र सद्भाव थप मजबुत बनाओस्: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विविध आस्था, संस्कार र सभ्यता संरक्षित भएको पावन भूमि भएको बताएका छन्। 

इस्लाम समुदायको महान् पर्व बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दे उनले यस्तो बताएका हुन्। 

‘यहाँ मन्दिरको शंखनाद, मस्जिदको अजान, गुम्बाको मन्त्र र सनातन संस्कृतिका सबै स्वरहरू एउटै आकाशमुनि सहअस्तित्वको सङ्गीत बनेर गुन्जिन्छन्। हाम्रो शक्ति यहाँका विविधता बिचको एकतामा छ। यही सहिष्णुता र सद्भावले नेपाललाई आत्मिक सहअस्तित्वको भूमि बनाएको छ’ उनले सन्देशमा  भनेका छन्।