अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालोपत्रे बन्दै गरेको भोजपुर–दिङ्ला सडक

कालोपत्रे बन्दै गरेको भोजपुर–दिङ्ला सडक


भोजपुर-भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने बहुप्रतिक्षित भोजपुर–दिङ्ला सडक कालोपत्रे हुने चरणमा पुगेको छ। सडक कालोपत्रे कार्य सुरु भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।

कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब ६२ करोड रुपैयाँको लगानीमा पहिलो खण्डअन्तर्गत पानीट्याङ्कीदेखि तीनतलेसम्मको करिब १७ किलोमिटर सडकमा कालोपत्रे कार्य सुरु गरिएको हो ।

वर्षौंदेखि धुलाम्मे र हिलाम्मे सडकको समस्या झेल्दै आएका स्थानीयले सडक स्तरोन्नतिसँगै यातायात सहज हुने, व्यापार व्यवसायमा टेवा पुग्ने तथा यात्रामा लाग्ने समय घट्ने अपेक्षा गरेका छन् ।

भोजपुर–दिङ्ला सडक जिल्लाको उत्तरी भेगका नागरिकका लागि महत्वपूर्ण सडकमार्गका रूपमा हेरिएको छ । सडक कालोपत्रे भएपछि दिङ्ला क्षेत्रसँग भोजपुर सदरमुकामको पहुँच थप सहज हुने विश्वास गरिएको छ ।

निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायले नियमित अनुगमन गरिरहेको जनाएको छ ।