काठमाडौँ-मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै म्याग्दीको बेनीमा विपद् प्रतिकार्य अभ्यास गरिएको छ।
बेनीस्थित म्याग्दी नदी क्षेत्रमा आयोजित उक्त अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली सहभागी भएको थियो। अभ्यासका क्रममा विपद्का बेला गरिने खोज, उद्धार तथा सुरक्षित स्थानान्तरणसम्बन्धी विभिन्न डेमो प्रदर्शन गरिएको थियो।
सुरक्षा निकायले डुबानमा फसेका व्यक्तिको उद्धार, डोरी तथा डुंगामार्फत सुरक्षित निकासी, घाइतेको प्राथमिक उपचार तथा समन्वयात्मक प्रतिकार्यका अभ्यास प्रस्तुत गरेका थिए ।
मनसुन सुरु हुनुअघि सुरक्षा निकायबीच आवश्यक समन्वय, तयारी तथा विपद् प्रतिकार्य क्षमताको परीक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ । स्थानीयवासी तथा सरोकारवाला निकायको उपस्थितिमा गरिएको अभ्यासले सम्भावित विपद्का बेला शीघ्र र प्रभावकारी उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया