अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट भाषण नयाँ हलबाट नहुने

बजेट भाषण नयाँ हलबाट नहुने


काठमाडौँ-भोलि सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुत गरिने आर्थिक वर्ष २०८३/८४ को बजेट नयाँ संसद् हलबाट नहुने भएको छ। आवश्यक प्राविधिक कामहरू पूरा नभएकाले नयाँ हल सञ्चालनमा ल्याउन नसकिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले प्राविधिक तयारी अपूरो रहेकाले नयाँ हलबाट बजेट वाचन सम्भव नभएको बताए।

उनले भने, ‘प्राविधिक कामहरू सकिएनन्। नयाँ हलबाट बजेट वाचन असम्भवजस्तै भयो। चुनौतीपूर्ण देखियो।’

यससँगै सरकारको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको कामचलाउ हलबाटै प्रस्तुत हुने भएको छ।

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद् भवन तोकिएको समयमा सम्पन्न हुन नसक्दा प्रतिनिधिसभा बैठक हाल अस्थायी रूपमा तयार गरिएको कामचलाउ हलबाट सञ्चालन हुँदै आएको छ । नयाँ भवन निर्माण ढिलाइ हुँदा संसद्का गतिविधि प्रभावित भइरहेका छन् ।