अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ

मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ


काठमाडौँ- ‘मठ मन्दिर आगो लाइदिनेछौं’ जस्ता धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका परियारलाई टोखाबाट पक्राउ गरेको हो। उनलाई अनुसन्धानको लागी पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईल बताए ।

२७ वर्षीय परियारले अनामनगर स्थित संवाद डबलीमा बोल्दै ‘मठ मन्दिरमा आगो लगाइदिन्छौँ’ भनेका थिए । उनले समान अधिकार नभएर देशभर विद्रोह गर्ने चेतावनी दिएका थिए । 

हिजोदेखि नै दलितलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र गाउँमा दलितको अवस्था दयनीय रहेको उनको भनाई युट्युब च्यानलहरूबाट प्रसारित भएको छ । परियार टोखा नगरपालिका वडा नम्बर–८ स्थित बानियाँटारमा बस्दै आएका छन् ।