काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मन्त्रिपरिषद् बैठकबाट पारित गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय पुगेका छन् ।
मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेलगत्तै अर्थमन्त्री संघीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्न त्यसतर्फ जाने छन् । आज अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया