अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]

यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]


काठमाडौं-सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को‌ संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन्।

यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत विनियोजन गरिएको छ।

सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ।

बजेटमार्फत राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्दै कार्यसम्पादनका आधारमा थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। 

यससँगै कर्मचारीको न्यूनतम तलब ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि कायम हुने भएको छ। 

सामाजिक सुरक्षातर्फ १ खर्ब २० अर्ब विनियोजन गर्दै सरकारले दलित बालबालिकालाई पोषण भत्ता दिएको छ। यस्तै, महिलाहरूको सहजताका लागि ुब्लु बसु सञ्चालन गर्ने र नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाउने घोषणा समेत गरिएको छ।

 शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब र स्वास्थ्यमा नेपाल औषधी लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ। प्रशासनिक सुधारका लागि १८ मन्त्रालयको अवधारणालाई कडाइका साथ लागू गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावासहरू खारेज गर्ने  निर्णय समेत बजेटले लिएको छ।

खेलकुदको विकासका लागि ५ वर्षभित्र ५ वटा क्रिकेट रङ्गशाला निर्माण गर्ने र रेमिट्यान्स पठाउनेहरूका लागि चिठ्ठा कार्यक्रम सञ्चालन गर्ने जस्ता नवीन कार्यक्रमहरूले यस पटकको बजेटलाई विशेष बनाएको छ।

हेर्नुहोस् बजेटको पूर्णपाठ