अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट टिप्पणी

महत्त्वाकांक्षी बजेट ल्याइयो, कार्यान्वयन मुख्य चुनौती: एमाले उपाध्यक्ष पौडेल

महत्त्वाकांक्षी बजेट ल्याइयो, कार्यान्वयन मुख्य चुनौती: एमाले उपाध्यक्ष पौडेल


काठमाडौं-पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्षका लागि महत्त्वाकांक्षी बजेट ल्याएको टिप्पणी गरेका छन्।

जेठ १५ गते शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष पौडेलले बजेटको मुख्य चुनौती कार्यान्वयनमा रहने बताएका हुन्।

उपाध्यक्ष पौडेलले वर्तमान अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति नेपालको लागि अनुकूल नरहेको उल्लेख गर्दै यस्तो अवस्थामा बजेट निर्माण गर्दा थप सावधानी आवश्यक पर्ने बताए।

‘हामीलाई अन्तर्राष्ट्रिय परिस्थितिले पनि प्रभाव पार्छ। अहिले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल छ,’ उपाध्यक्ष पौडेलले भने, ‘बाह्य ऋण र अनुदान ल्याउन सजिलो छैन। यस्तो बेला विचार गरेर बजेट बनाउनुपर्थ्यो।’

उपाध्यक्ष पौडेल अनुसार सरकारले संशोधित बजेटको आकारभन्दा करिब २५ प्रतिशतले ठूलो बजेट ल्याएको भए पनि त्यसअनुसार स्रोत व्यवस्थापन गर्न चुनौतीपूर्ण देखिन्छ।

‘आकार बढाए पनि त्यस बमोजिम स्रोत व्यवस्थापन गर्न सकिएन भने बजेट कार्यान्वयन हुन सक्दैन,’ उपाध्यक्ष पौडेल  भने।

पूर्वअर्थमन्त्री पौडेलले बजेटको प्रभावकारिता खर्चको आकारमा मात्र नभई कार्यान्वयन क्षमता, राजस्व संकलन, वैदेशिक सहायता परिचालन तथा निजी क्षेत्रको विश्वासमा निर्भर रहने धारणा व्यक्त गरे।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने, लगानी बढाउने तथा पूर्वाधार, ऊर्जा, डिजिटल अर्थतन्त्र र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको जनाएको छ।