काठमाडौं-नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेट आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन्।
बजेट भाषणपश्चात सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै सांसद बरालले आधारभूत वर्गलाई सरकारले समेट्न नसकेको टिप्पणी गरेका हुन्। ‘आधारभूत वर्गका लागि अवसर बृद्धि गर्ने खालका योजना र कार्यक्रमहरु समेटेको छैन,’ सांसद बरालले भने।
मध्यम वर्गलाई विस्तार गर्ने गरी ढोका खोल्न नसकेको पनि सांसद बरालले आरोप लगाए। ‘मध्यम वर्ग बिस्तारको कुरा उठाइएको छ। तर त्यसलाई व्यावसायीकरण गर्ने, क्षमतालाई अभिबृद्धि गर्ने र उनीहरुको उद्यमशीलता विकास गर्ने तर्फ ढोका खोल्न सकेको छैन,’ सांसद बरालले भने।
नेपाललाई ग्रे लिस्टबाट हटाउने सैद्धान्तिक कुरा गरेको भएपनि ठोस आधार दिन नसकेको सांसद बरालले बताए।
‘धितोमा ऋण दिने सकारात्मक छ। तर तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बिमा निजी क्षेत्रबाट कटौती गरेको छ’, उनले भने, ‘भार व्यवस्थापन, सामाजिक सुरक्षा क्षेत्रबाट सरकार पछि हटेको छ।’
सांसद बरालले सामाजिक सुरक्षाको क्षेत्रमा सक्नेले छोड्ने, नसक्नेलाई जोड्ने भनेर सरकार सामाजिक सुरक्षाको क्षेत्रबाट पछि हट्न खोजेको आरोप लगाए। सामाजिक सुरक्षाका कार्यक्रमबाट सरकार पछि हट्न खोजेको पनि उनले बताए। ‘सक्नेले छोड्ने, नसकेकोलाई जोड्ने भनेर पछि हट्न खोजेको छ,’ बरालले भने।
साथै सांसद बरालले सुकुम्वासी समस्या समाधान गर्न सरकारको कार्यक्रम नै नआएको बताए।




प्रतिक्रिया