काठमाडौं- नेकपा एमाले जनसंगठन विभागको प्रमुखमा विशाल भट्टराई चयन भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गरेको अन्तर पार्टी निर्देशन २ अनुसार केन्द्रिय सदस्य भट्टराईलाई जनसंगठनको कमाण्डर बनाइएको हो । यस अघि यस विभागको प्रमुखमा तत्कालिन स्थायी कमिटी सदस्य भानुभक्त ढकाल थिए । पूर्व साँसद भट्टराई यस अघि झापा जिल्लाको पनि इन्चार्ज थिए । मंसिरमा भएको पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रिय सदस्य भएका हुन् ।
यसैगरी पार्टीको स्थानीय तह विभाग प्रमुखमा राजेन्द्र गौतमलाई चयन गरेको छ । अपानिमा उल्लेख भए अनुसार गौतमले स्थानीय तहका जनप्रतिनिधिसँग समन्वयको काम गर्नेछन् । यस अघि उनी पार्टीको प्रचार तथा प्रकाशन विभागको प्रमुख थिए । महाधिवेशनमा उपमहासचिव पदमा प्रतिष्पर्धा गरेका गौतम उक्त पदमा पराजित भए पनि केन्द्रिय सदस्यमा विजयी भएका थिए ।




प्रतिक्रिया