अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा गोली चलाएर प्रहरीले एकजनालाई नियन्त्रणमा लियो

काठमाडौंमा गोली चलाएर प्रहरीले एकजनालाई नियन्त्रणमा लियो


काठमाडौं-प्रहरीले काठमाडौंको जडिबुटीमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर उनलाई शनिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गणेश कार्की नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको हो । उनी काठमाडौंको चपलीका रहेका प्रहरीले जानकारी दिएको छ ।

उनीमाथि शनिबार दिउँसो चप्पल कारखानामा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ । गोली चलाएर नियन्त्रणमा लिइएका उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगीएको प्रहरीले जानकारी दिएको छ ।