काठमाडौं-अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नागरिकलाई श्रम स्वीकृति प्राप्त गरेपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका केही नेपालीहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएको अवस्थामा स्वीकृति नहुँदै विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको जनाएको छ ।
विभागका अनुसार श्रम स्वीकृति प्रक्रिया पूरा नभएसम्म विदेश प्रस्थान सम्भव नहुने भएकाले सबै प्रक्रिया पूरा गरी स्वीकृति प्राप्त भएपछि मात्र विमानस्थल आउन अनुरोध गरिएको हो ।
विभागका अनुसार श्रम स्वीकृतिका लागि आवेदन मात्र दिएर स्वीकृति नहुँदै विमानस्थल पुग्दा श्रमिकहरूलाई मर्का पर्ने गरेका छन् । यस्तो अवस्थामा अनावश्यक झन्झट तथा फर्किनुपर्ने समस्या देखिने भएकाले श्रम स्वीकृति जारी भएपछि मात्र विमानस्थल आउन अनुरोध गरिएको हो ।
विभागले श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।




प्रतिक्रिया