अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फलाखु खोलामा एनआईसी एशिया बैंकको ९५ करोड लगानी

फलाखु खोलामा एनआईसी एशिया बैंकको ९५ करोड लगानी


काठमाडौं एनआईसी एशिया बैंकले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनाका लागि ९५ करोड २० लाख रुपैयाँ लगानी सुनिश्चित भएको छ।

बैंकले आफ्नो लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिअनुसार जलविद्युत क्षेत्रमा लगानी विस्तार गरिरहेको क्रममा रसुवा हाइड्रोपावर लिमिटेडसँग उक्त आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको हो।

आयोजित कार्यक्रममा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक थापाले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ निर्माण गर्न लागिएको उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजना सम्पन्न भएपछि वार्षिक करिब ३८.७४ गिगावाट–घण्टा (GWh) विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यस आयोजनाले देशमा स्वच्छ ऊर्जाको उत्पादन बढाउनुका साथै आर्थिक वृद्धि, ऊर्जा आत्मनिर्भरता र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

फलाखु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा थप स्वच्छ ऊर्जा उपलब्ध भई मुलुकको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।हेडिङ: