अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ: गगन थापा

प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ: गगन थापा


रूपन्देही-नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको छ भनेर संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन्।

कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रमलाई सोमबार रुपन्देहीमा सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरेका हुन्।

‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ’ सभापति थापाले भने, ‘संसदको रोस्टममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन ।’

प्रधानमन्त्री नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको उनको भनाइ छ। संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको सभापतिको धारणा छ।

थापाले सत्तापक्षले आइतबार पेलेर नियमावली बनाउनु कालो दिन भएको बताए । संसद सञ्चालन गर्न बनाएको कानून जवरजस्ती गलत भएको बताए ।