काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ ।
गएको चौबीस घन्टामा पूर्वदेखि सुदूरपश्चिमसम्म केही भू-भागहरूमा हल्कादेखि मध्यम वर्षा भएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान भने पानी परेको छैन।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू- भागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
त्यस्तै हिमाली र पहाडी भू भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
मंगलबार राति देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू -भागमा आंशिक बादल लाग्नेछ र तराई भू भागमा मुख्यतया सफा रहने छ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू भाग लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।




प्रतिक्रिया