काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अराजकतन्त्र पनि धेरै समय नटिक्ने बताएका छन्।
एमाले केन्द्रीय संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन्।
नेपालमा राणा शासन र राजतन्त्रसहित अनेकतन्त्र ढलेको दृष्टान्त पेस गर्दै अध्यक्ष ओलीले अराजकतन्त्र पनि केही दिनको पाहुना रहेको बताए।
अध्यक्ष ओलीले समय सधैँ एकनास नरहने भन्दै धेरै नहौसिन चेतावनी दिए ।
अध्यक्ष ओलीले लामो समयको तयारीपछि भदौ २३ र २४ गते विध्वंस मच्चाइएको जिकिर गरे।




प्रतिक्रिया