अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछाने रविसँगको भेटपछि नरेन्द्र मोदीले के भने ?

रवि लामिछाने रविसँगको भेटपछि नरेन्द्र मोदीले के भने ?


काठमाडौं-भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

रवि र मोदीबीच एक्लाएक्लै साथै प्रतिनिधिमण्डसहितको भेटवार्ता भएको हो ।

भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत साझा र समृद्ध भविष्यका लागि सहकार्य गर्ने लामिछानेको इच्छालाई आफूले पूर्ण समर्थन र स्वागत गर्ने उल्लेख गरेका छन्। छिमेकी पहिलो नीति अन्तरगत नेपाल भारतको प्राथमिकताप्राप्त साझा राष्ट्र भएको उनको भनाइ छ।

उनले लेखेका छन्, नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको छ । साझा र समृद्ध भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्ण रूपमा समर्थन गर्दछु । हाम्रो ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल एक प्राथमिकताप्राप्त साझेदार राष्ट्र हो । नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउने अपेक्षा र प्रतिबद्धता राखेका छौँ।