अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु

दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु


काठमाडौं-भारतको दिल्लीमा रहेका एक रेष्टुरेन्टमा भीषण आगलागी हुँदा हालसम्म २१ जनाको मृत्यु भएको छ।

दिल्लीको मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिकहरू पनि रहेका छन्।

सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।

अहिलेसम्म ३७ जनालाई उद्धार गरिएकोमा अधिकांशको अवस्था गम्भीर छ।