अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र हेडक्वार्टरमा आगलागी घटना: डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

सशस्त्र हेडक्वार्टरमा आगलागी घटना: डीआईजीको नेतृत्वमा छानबिन समिति गठन


काठमाडौँ-सशस्त्र प्रहरीको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ।उनका अनुसार समितिलाई ‘यथाशीघ्र’ छानबिन सकेर प्रतिवेदन बुझाउन भनिएको छ।

बुधवार राति ८ बजेतिर सशस्त्रको प्रधान कार्यालय स्थित एमटी शाखामा आगलागी भएको थियो। बङ्गलामुखी गणबाट गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

 आगलागीबाट केही गाडीहरू जलेका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुंगल स्थित स्टोरमा यसअघि पनि आगलागी भएको थियो ।