अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुर सुकुम्बासी होल्डिङ सेन्टरका दर्जीको उपचारकै क्रममा मृत्यु

कीर्तिपुर सुकुम्बासी होल्डिङ सेन्टरका दर्जीको उपचारकै क्रममा मृत्यु


काठमाडौं-काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भेसराज दर्जी गत सोमबार अचानक बेहोस भएपछि उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पतालमा उपचाररत दर्जीको बिहीबार मृत्यु भएको हो।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई होल्डिङ सेन्टरबाट तत्काल अस्पताल पुर्‍याइएको थियो। चिकित्सकहरूको निगरानीमा उपचार भइरहे पनि उनको ज्यान जोगाउन नसकिएको बताइएको छ।

दर्जीको मृत्युको कारणबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ। सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।