काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।
छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रधानमन्त्री बालेन्द्र शाहलाई ४५ पृष्ठ प्रतिवेदन बुझाएका हुन् ।
मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि न्यौपाने सदस्य रहेको समिति गठन गरेको थियो।
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनको व्यवसायीक सम्बन्ध रहेको खुलाशा भएपछि गुरूङले राजीनामा दिएका थिए ।




प्रतिक्रिया