अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको व्यंग्य: ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

प्रधानमन्त्रीको व्यंग्य: ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेका छन्।

प्रधानमन्त्रीले राजदूत पदमा नियुक्तिका लागि आफूलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करप्रति कटाक्ष गरेका हुन्। 

प्रधानमन्त्री शाहले शनिबार राति फेसबुकमा लेखेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’

गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए।

त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई प्रहरी लगाएर पक्राउ गराएको थियो। 

त्यही कारण सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानिएको छ।