अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम सरकारमा एमालेका मन्त्री हेरफेर गरिँदै, को-को बन्दै छन् नयाँ मन्त्री ?

सुदूरपश्चिम सरकारमा एमालेका मन्त्री हेरफेर गरिँदै, को-को बन्दै छन् नयाँ मन्त्री ?


कैलाली-नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो तर्फबाट मन्त्रीहरूको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार हाल सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने निर्णय अन्तिम चरणमा पुगेको हो ।

एमालेले सन्तोष शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकारी ऐर बमलाई सरकारमा पठाउने तयारी गरेको बताइएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको स्रोतको दाबी छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सन्तोष शर्मा थापा हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारी नियुक्त हुने भएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चक्र मल्ल हुँदा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी जानकी ऐर बमले पाउने छिन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ केही दिनभित्रै हुने सम्भावना रहेको जनाइएको छ।

हाल एमालेबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पनि फिर्ता बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ।