काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयकमाथि हेरफेरको विषयमा संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका छन्।
सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयकमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध भएकाले संसदीय छानबिन समिति आवश्यक पर्न सक्ने बताएका हुन्।
उनले आर्थिक विधेयकमा भएको हेरफेरका विषयमा अर्थमन्त्रीले संसद्मा आएर स्पष्ट पार्नुपर्ने बताए । संसद्मा प्रस्तुत आर्थिक विधेयकमाथिको आफूखुसी चाहिँ करेक्सनले चुहावट आशङ्का उत्पन्न भएको उनको भनाइ छ ।
त्यस्तै नेता पुनले सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्रमन्त्रीले नभई स्वयं प्रधानमन्त्री नै आएर सच्चाउनुपर्ने बताए।

प्रतिक्रिया