अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमालेकार्यदलको पहिलो बैठक, अध्यक्ष ओली पनि सहभागी

च्यासलमा एमालेकार्यदलको पहिलो बैठक, अध्यक्ष ओली पनि सहभागी


काठमाडौं- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित नेकपा एमाले सुझाव कार्यदलको पहिलो बैठक मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएका छन्।

बैठकमा पार्टी संगठनलाई थप प्रभावकारी बनाउने, समसामयिक राजनीतिक विषयमा सुझाव संकलन गर्ने तथा कार्यदलको कार्यविधि निर्माण, कार्ययोजनाको रूपरेखा तथा प्रतिवेदन तयारीका विषयमा प्रारम्भिक छलफल हुने बताइएको छ।

नेकपा एमालेको २०८३ जेठ १० गते बसेको केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणलाई केन्द्रमा राख्दै पुनर्गठन कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदललाई संगठनको वर्तमान अवस्था, चुनौती र सुधारका आवश्यक पक्षहरूको अध्ययन गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

एमालेले पार्टीलाई थप व्यवस्थित, एकताबद्ध, अनुशासित र जनमुखी बनाउने उद्देश्यसहित पुनर्गठन अभियानलाई अघि बढाएको जनाएको छ। पार्टीको संगठनात्मक सुदृढीकरण, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा कार्यदलले ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

कार्यदलको प्रतिवेदनले आगामी दिनमा पार्टी संगठन सञ्चालन र रूपान्तरणका लागि महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Skip This