काठमाडौं-आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.७५ अंकले घटेर बजार २७ सय २८ दशमलव ३८ को बिन्दुमा बन्द भएको छ।
आज कारोबारमा आएका ३५७ कम्पनीको ६ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड २७१ लाख कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी एग्रिकल्चरल बोन्ड (८ इयर्स) को शेयर कारोबार भएको छ। आज यस कम्पनीको ५७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्स कम्पनीको ३४ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएको ३५७ कम्पनीहरुमध्ये ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
त्यस्तै, सोपान फमास्यूटिकल्सक लिमिटेडका लगाीकर्ताले सर्वाधिक कमाएका छन्। आज यस कम्पनीको लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा बढी गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले गुमाएका हुन्।






प्रतिक्रिया