काभ्रे-बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस शुक्रबार दुर्घटनामा परेको हो।
दुर्घटनामा परी १७ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अस्पतालमा उनीहरूको उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा परिचालित भएका छन्। मृतकहरूको पहिचान खुलाउने तथा थप विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया