काठमाडाैँ-काभ्रेको रोशी गाउँपालिका-७ बुचाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।
मृतकमध्ये रोशी गाउँपालिका-७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका-८ की ६० वर्षीया प्यारीमाया तामाङ, रोशी गाउँपालिका-६ का ७५ वर्षीय इन्द्रबहादुर लोप्चन र दैलेख घर भएका ३० वर्षीय बमबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ। भण्डारी नेपाली सेनाका अमल्दार रहेको खुलाइएको छ।
दुर्घटनामा मृत्यु भएका अन्य ४ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनामा घाइते भएका १६ जनाको समेत पहिचान खुलेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
- जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने वर्ष २२ की एनिशा तामाङ हात खुट्टामा चोट, अवस्था मध्यम
- ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की विष्णु डोल्मो तामाङ, निधार, नाक, र पेटमा चोट, अवस्था मध्यम
- ऐ. ऐ. बस्ने बर्ष धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।
- ऐ. ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, मध्यम ।
- ऐ. ऐ. बस्ने वर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
- ऐ. ऐ. बस्ने वर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
- ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने वर्ष ६० को डम्बर बहादुर शाह, टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर
- ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।
- जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, मध्यम ।
- जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
- ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की विष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।
- ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट, मध्यम ।
- हाल नाम थर वतन नखुलेको सुबाश भन्ने अं. ५/६ बर्षको बच्चा देब्रे खुट्टामा चोट, मध्यम ।
- नाम नखुलेको अं. १ वर्षको बालिका ।
- हाल नाम थर वतन नखुलेको अं. बर्ष ६०/६२ को पुरुष व्यक्ति टाउकोमा चोट, गम्भिर ।
- हाल नाम थर वतन नखुलेको अं. बर्ष २०/२२ की महिला टाउकोमा, शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर






प्रतिक्रिया